डडेल्धुरा कारागारबाट ३ जना कैदीबन्दी रिहा

डडेल्धुरा- गणतन्त्र दिवसको अवसरमा डडेल्धुरा कारागारबाट ३ जना कैदीबन्दी रिहा भएका छन् । १६ औं गणतन्त्र दिवसको अवसरमा कारागारबाट दुई पुरुष र एक महिला गरी तीनजना कैदीबन्दी रिहा भएका हुन् ।

Dadeldhura hospital

मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा हुने निर्णयपछि उनीहरूको रिहाइ गरिएको जनाइएको छ।

Navadurga sun
Godawari sandesh

कारागारबाट कर्तव्य ज्यान मुद्दाका एक महिला, सवारी ज्यान मुद्दाका एक पुरुष र डाका चोरी मुद्दाका एक पुरुषलाई रिहा गरिएको कारागारका जेलेर जितेन्द्र ओझाले जानकारी दिए ।

रिहा हुनेमा असल चालचलन भएको, ५० प्रतिशत कैद भुक्तान भएको, मुद्दा अन्तिम भएको र सरकारले प्रतिवन्ध लगाएका लगायत १९ प्रकारका मुद्दाबाहेकका कैदीलाई रिहा गरिएको उनले बताए ।

 

 

Loading...