धनगढीमा भोली पनि सार्वजनिक विदा

धनगढी- धनगढी उपमहानगरपालिकाले भोली (मंगलवार) सार्वजनिक विदा दिने भएको छ । धनगढी उपमहानगरपालिका वडा नं १६ रामपुर स्थित बेहडाबाबा मन्दिरमा हरेक वर्ष जेष्ठ महिनाको शुक्लपक्ष तिथिका दिन मनाईने गंगादहरा पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।

नेपाल तथा भारतका हजारौं धर्मालम्वहरु भेली मंगलबार मनाईने उक्त बेहडाबाबा क्षेत्रलाई प्रमुख धार्मीक पर्यटकिय स्थलको विकास गर्दै लैजाने उद्देश्यले १ दिनको लागी धनगढी उप–महानगरपालिका अन्र्तगतका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एंव संघ संस्थाहरुलाई विदा दिईएको सूचना मार्फत जानकारी दिइएको छ।

Navadurga sun

No description available.

ADD Khali jpg
ADD Khali jpg
Loading...