गोदावरी चेम्वर अफ कमर्सको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भाट

अत्तरिया- कैलालीको अत्तरियामा रहेको गोदावरी चेम्वर अफ कमर्सको नयाँ कार्य समितीका पदाधिकारी र सदस्यहरुले आज सपथ खाएका छन । चैत्र २६ गते नयाँ समिती निर्बिरोध चयन भएको भए पनि आज एक कार्यक्रमको आयोजना गरी सपथ ग्रहण गराइएको हो । संस्थाका अध्यक्ष तिर्थराज ओझाको सभाध्यक्षमा नयाँ कार्यसमितीलाई निर्बाचन अधिकृत हिमालयन बिक्रमा बिष्टले सपथ खुवाएका थिए ।

Bhancha ghar0

नयाँ समितीको अध्यक्षमा मोहबद नैमुद्दिन भाट चयन भएका छन । संस्थाको वरिष्ट उपाध्यक्षमा बाजी कामी, उपाध्यक्ष बस्तुगतमा दिपक पौडेल, उपाध्यक्ष उद्योगमा रमेश बोगटी चयन भएका छन । त्यस्तै महासचिबमा शोभा रावल सचिबमा बिरेन्द्र कुमार चौधरी र कोषाध्यक्षमा खेम जोशी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा महेस्वरी पाण्डेय, निराजन भाट, डम्बर बोहरा, जनक भट्टराई, गणेश ओझा र सुबास चौलागाई चयन भएका छन । समितीको कार्यकाल २ बर्षको हुने छ ।

Leave A Reply

Your email address will not be published.