

धनगढी- कैलालीमा सालको काठ बरामद गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका – ९ को वडा कार्यालय नजिकै ५ पाँच गोलिया सालको काठ बरामद गरिएको प्रहरीले जानकारी दिए ।
बिज्ञापन



जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार इलाका प्रहरी सुखडको समूहले रतिपुरबाट से १ त ९७०७ नम्बरको ट्याक्टरमा शनिवार राती तस्करी हुँदै गरेको अवस्थामा पाँच गोलिया सालको काठ नियन्त्रणमा लगिएको हो।


१०२ दशमलव ५८ क्यूफिट सालको काठ प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सुखडले काठ सव डिभिजन वन कार्यालयमा बुझाउने छ। प्रहरी देखेपछि तस्कर ट्याक्टर छोडेर फरार भएका थिए।





