सनराइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण

अत्तरिया- सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु अन्तर्गत प्रहरी बिट निर्माण गरिएको छ । बैंकले सुदूरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसँग समन्वय गरी १-१ थान प्रहरी बिट निर्माण गरिएको जनाएको हो ।

Navadurga sun
Godawari sandesh

यहि जेठ ३ र ४ मा छुट्टा-छट्टै कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रवीनकुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरेका हुन् ।

Dadeldhura hospital

चुरे गाउँपालिकामा निर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी, इलाका प्रहरी कार्यालय फलटुडे कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म सिंह बिष्ट र चुरे गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष खगेन्द्र खडायतको उपस्थिति रहेको थियो ।

त्यस्तै डडेल्धुराको कार्यक्रममा अमरगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष टंकबहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टको उपस्थितिमा प्रहरी बिट हस्तान्तरण गरिएको छ ।

प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बैंकले गरेको उक्त सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई सुरक्षा र सहजता हुने विश्वास लिइएको बताए ।

Loading...