विपद् जोखिम न्यूनीकरणका लागि अत्याधुनिक साइरन जडान

कञ्चनपुर- विपद् जोखिम न्यूनीकरणका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन ठाउँमा अत्याधुनिक साइरन जडान गरिएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आर्थिक तथा प्राविधिक सहयोगमा साइरन जडान गरिएको हो ।

Ganyapdhura gau

नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णप्रसाद भट्टका अनुसार साइरनबाट आगलागी, हावाहुरी, बाढी, डुबान, जङ्गली जनावर लगायत विषयमा सहज रुपमा सूचना प्रवाह गर्न सकिने छ । “बीस सेकेन्डसम्मको सन्देश रेकर्ड गरेर सूचना प्रवाह गर्ने क्षमता साइरनमा छ”, उनले भने, “साइरनको आवाज एकदेखि डेढ किलोमिटरसम्म सुन्न सकिन्छ ।” विपद्सम्बन्धी सन्देश नगरपालिकाका महत्वपूणर् सूचना जडान गरिएका साइरन मार्फत नगरवासीसम्म पुर्‍याउन मद्दत पुग्नेछ ।

Navadurga sun
Dadhaldhura pur

विपद्को उच्च जोखिममा रहेको वडा नं ८ को सिद्धनाथ मावि बेलडाँडी, वडा नं १२ को कार्यालय र वडा नं ५ को कार्यालयमा साइरन जडान गरिएका हुन् । साइरनको प्रणालीबाट विपद् जोखिम क्षेत्रमा एसएमएस, अनलाइन र साइरनको आवाजमा सूचना सम्प्रेषण हुनेछ ।

यस प्रणाली मार्फत विपद्का बेला नगरपालिका, जिल्ला, प्रदेश वा केन्द्रबाट जारी गरिएका सूचना पनि प्रवाह गर्न सकिनेछ । यसका लागि पाँच सय मिटरको क्षेत्रमा रिमोटको सहायतामा साइरन सञ्चालन गर्न सकिन्छ ।

बाढीको उच्च जोखिम रहेका क्षेत्र तथा जङ्गली जनावरबाट असर परेका क्षेत्रमा साइरन जडान गरिएको नगरप्रमुख रणबहादुर महराले बताए । साइरन जडान गरेपछि विपद्जन्य घटनाहरुमा कमी आउने विश्वास लिइएको र आवश्यकता अनुसार अन्य वडामा पनि विपद् जोखिम न्यूनीकरणका लागि कार्य अगाडि बढाइने उनको भनाइ छ ।

त्यस्तै नगरपालिकामा सबैभन्दा ठूलो समस्या बाढी र जङ्गली जनावरकै रहेको नगर उपप्रमुख कल्पना पन्तले बताइन् । उनले भनिन् प्रत्येक वर्ष धनजनको क्षतिसँगै मानवीय क्षति हुँदै आएको छ, त्यस कार्यलाई न्यूनीकरण गर्न साइरन जडानले मद्दत पुर्‍याउने बताइन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...