सनराइज बैंकद्वारा सहयोग

धनगढी– सनराइज बैंकले सहयोग गरेको छ । बैंकले धनगढी उपमहानगरपालिकामा रहेको ऐश्र्वय विद्या निकेतन र त्रिनगर माध्यामिक विद्यालयलाई सहयोग गरेको हो ।

Dadeldhura hospital

बैंकमा अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत हसनपुरको ऐश्र्वय विद्या निकेतनलाई तीन थान प्रोजक्टर सहयोग गरिएको छ । बैंकका नायब महाप्रबन्धक रबिनकुमार नेपालले प्रधानाध्यापक प्रेम निधी ओझालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका छन् । ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा प्रदान गर्न सहयोगी हुने बताए ।

Navadurga sun
Godawari sandesh

बैंकले धनगढी उपमहानगरपालिकालाई ३० थान डस्टबिन सहयोग गरेको छ । नगर प्रमुख गोपाल हमाललाई ३० थार डस्टबिन हस्तान्तरण गरिएको बैंकले बताएको छ । चोक तथा सडकपेटीमा उक्त डस्टबिन प्रयोगका लागि हस्तान्तरण गरिएको बैंकले बताएको छ ।

साथै बंैकले त्रिनगर विद्यालयलाई साइकल स्टाण्ड सहयोग गरेको छ । विद्यार्थीका साइकलको सुरक्षाका लागि स्टाण्ड हस्तान्तरण गरिएको हो । एक सय साइकलको क्षमता रहेका स्टाण्ड सहयोग गरिएको बैंकले जनाएको छ ।

Loading...