स्रोत नखुलेको ९ लाख भारु सहित २ जना पक्राउ

धनगढी- कैलालीको धनगढीमा स्रोत नखुुलेको ९ लाख भारतीय रुपैयाँ नेपाली (१४ लाख ४० हजार) सहित २ जना युवक पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका-४ शहीदगेटबाट दुई जनालाई पक्राउ गरेको हो ।

Dadeldhura hospital

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० जुुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए । धनगढीका एक व्यवसायीबाट स्रोत नखुलेको रकम लिएर मोटरसाइकलमा जुगेडातर्फ गइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको साउँदले बताए ।

Navadurga sun
Godawari sandesh

उनका अनुसार उनीहरुको साथबाट ९ लाख भारतीय रुपैयाँ (पाँच सय दरका १८ सय नोट) र ४१ हजार (पाँच सय दरका ८२ नोट) नेपाली रुपैयाँ बरामद गरिएको छ । दुवै जनाको साथबाट प्रहरीले कुल नेपाली १४ लाख ८१ हजार रुपैयाँ बरामद गरिएको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुुसन्धान विभाग नेपालगञ्जमा बुझाइने प्रहरीले जनाएको छ ।

Loading...