काठमाण्डौसहित पहाडी क्षेत्रमा आज, भोलि र पर्सि वर्षाको सम्भावना

काठमाडौं- काठमाण्डौसहित पहाडी क्षेत्रमा आज, भोलि र पर्सि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीमा विकसित भएको मोखा नामक चक्रवात र पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण आज, भोलि र पर्सि तीन दिन पहाडी क्षेत्रको मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।

उनका अनुसार यी प्रणालीको प्रभाव आज भन्दा भोलि र पर्सि धेरै पर्ने देखिएको छ । मोखा चक्रवातको प्रभाव अहिलेसम्म नेपालमा नपरे पनि आज रातिदेखि भने पर्न सक्ने मौसमविद् मानन्धरले जानकारी दिए। पूर्वी क्षेत्रमा यो चक्रवातको प्रभाव धेरै पर्ने देखिएको उनले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पश्चिमी क्षेत्रमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पानी पर्ने अनुमान गरिएको हो । पहाडी जिल्लामा बादल लाग्न थालेकाले आज हिजो अस्तिको जस्तो चर्को घाम लाग्ने सम्भावना छैन ।

आज दिउँसो पछि काठमाण्डौसहित केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान गरिएको छ । तर, पहाडी जिल्लामा केही शीतल भए पनि तराईका जिल्लामा भने घाम चर्किने अनुमान छ।

चक्रवात, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तराईका जिल्लामा खासै नपर्ने देखिएकाले त्यहाँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

 

Loading...