उग्रतारा मन्दिरमा चोरी

डडेल्धुरा- सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकशक्तिपिठ उग्रतारा मन्दिरमा चोरी भएको छ। अमरगढी नगरपालिका वडा नम्बर ८ मा रहेको मन्दिरमा चोरी भएको हो।

Ganyapdhura gau

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार शनिबार बिहान साढे १ बजे चोरी भएको हो। कार्यालयका प्रमुख प्रहरी नायक उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार चाँदीको माला, चाँदीको मुकुट लगायतका सामान चोरी भएको जनाइएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले चोरीको खबर प्राप्त भएपछि प्रहरी टोली पठाइएको बताए। डिएसपी भट्ट पनि उग्रतारा मन्दिर पुगेका थिए। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साकीले चाँदीका पूजाका सामान चोरी भएको बताए। मन्दिरमा सिसी क्यामेरा पनि जडान गरिएको छ। सिसी क्यामेरा पूर्ण रुपमा सञ्चालनमा भने नरहेको प्रहरीले जनाएको छ।

उग्रतारा मन्दिरलाई नेपालको सूदूरपश्चिमका ९ भगवतीका मन्दिरमा एक मन्दिर मानिन्छ। उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ। उग्रतारा मन्दिरको उत्पत्तिका सम्बन्धमा प्रामाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन।

डडेल्धुराको अमरगढी नगरपालिका–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ। घट्नाको अनुसन्धान भइरहेको छ।

 

 

Couple
Loading...