बाजुराको मालिका माविलाई विद्यार्थी धान्न सकस

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ स्थित मालिका माविलाई थप विद्यार्थीको भर्ना लिन सकस भएको छ । यो शैक्षिक सत्रबाट बाजुराका अधिकांश बालबालिका निजी विद्यालय छोडेर धमाधम भर्ना हुन थालेपछि मालिका माविलाई नयाँ विद्यार्थी भर्ना लिन समस्या भएको हो ।

शैक्षिक सत्र २०८० को भर्नामा जिल्लाका विभिन्न ठाउँका निजी तथा सामुदायिक विद्यालयबाट विद्यार्थी भर्ना हुन आएपछि यो वर्ष विद्यार्थीलाई धान्न निकै सकस भएको विद्यालयले जनाएको छ । विगत दुई वर्षदेखि कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी पढाउन थालेका छाँै, ६ देखि १२ सम्म अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा अध्यापन चलेकै थियो विद्यालयका सूचना अधिकारी शेरबहादुर रावलले भने, अहिले विद्यार्थीको चाप बढ्न थाल्यो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

विद्यालयले गुणस्तरीय शिक्षामा वृद्धिविकास गर्दै आएपछि अहिले जिल्लाका अन्य निजी तथा सामुदायिक विद्यालयबाट समेत विद्यार्थी पढ्न आउने गरेका छन् । कक्षा एकदेखि १० सम्म भर्ना हुन आउने विद्यार्थीलाई प्रवेश परीक्षा लिएर भर्ना गर्ने गरेको सूचना अधिकारी रावलले बताए ।

सो विद्यालयमा यो वर्षको शैक्षिक सत्रको भर्नामा कक्षा १ देखि १२ सम्म दुई हजार २१५ जना विद्यार्थी अध्ययनरत छन् । जसमा एक हजार १२५ छात्रा र एक हजार ९० छात्र रहेका छन् । मालिका माविमा दरबन्दी तथा निजी स्रोत गरेर झन्डै ६२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । विद्यालयले बिहानी र दिवा गरेर दुई सिफ्टमा अध्ययनरअध्यापन गर्ने गरेको छ ।

सो विद्यालयमा कक्षा ११ र १२ सिभिल सबइन्जिनियरिङ तथा असिस्टेन्ट सिभिल सबइन्जिनियरिङ पढाइ हुने गरेको छ । भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अध्ययनरअध्यापनको राम्रो वातावरण निर्माण गर्न सकिए सामुदायिक विद्यालयमा विद्यार्थीको कमी नहुने मालिका माविका प्रधानाध्यापक शुभराज तिमिल्सेनाले बताए ।

उनले भने, “विद्यालयले गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री सिकाइ अवलम्बन गर्दै आएपछि पछिल्लो समय मालिका माविमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।” विद्यालयमा भवन, खानेपानीलगायतका भौतिक पूर्वाधार तथा शैक्षिक सामग्रीको भने अभाव छ । विद्यार्थी सङ्ख्याको तुलनामा शिक्षक अपुग छन् ।

Loading...