

अत्तरिया– सुदूरपश्चिम प्रदेशको केन्द्रबिन्दु अत्तरियामा सुबिधा सम्पन्न होटल संचालनमा आएको छ । होटल रूजकोट दरबार नाम दिएर ६ लेन सडक अत्तरियाको धनगढी रोडमा शुक्रबार देखि होटल संचालनमा आएको हो । बैतडीको पुर्चाैडि नगरपालिका महरागाउँ घर भएका संचालक महेशबहादुर महराले ३५ लाखको लगानीमा उक्त होटल सञ्चालनमा ल्याएका हुन ।



सञ्चालक महराले सुदूरपश्चिमका स्थानीय परिकारहरुको प्रर्वद्धन साथै सुदूपश्चिमको टिपिकल खानाका परिकारहरुको उपलब्ध गर्ने उद्देश्यले होटल सञ्चालमा ल्याइएको बताए । उनले होटलमा सुदूरपश्चिममा पाईने फापर, कोदो, गुन्द्रुक, बटुक, ढिडो, गतानी डुब्का, फाणो लगायतका स्थानिय स्वादिष्ट परिकारहरुको स्वाद लिन पाईने बताए ।


उनले विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लाहरुका उत्पादनलाई बजार सम्म ल्याएर त्यसको प्रर्वद्धन गर्ने योजना रहेको बताए। त्यसका साथै होटलमाफ्रेञ्चाइज आइटम’ परिकारहरु पिज्जा बर्गरका साथै ईन्डियन,चाईनिज परिकारहरु पनि उपलब्ध रहेको बताए । उनले सञ्चालनमा ल्याइएको होटलमा बास बस्नका लागि उचित काेठाहरुको सुबिधा समेत रहेको बताए ।