डोजर चलाएरका सुकुम्बासीहरूलाई नेकपा गोदावरी नगर समितिले गर्‍यो राहत वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको चौकीडाँडास्थित नगरपालिकाले डोजर चलाएर हटाएपछि विचल्लीमा परेका सुकुम्बासीहरूलाई नेपाल कम्युनिष्ट पार्टी गोदावरी नगर समितिले राहत वितरण गरेको छ ।

नगर इन्चार्ज कैलाश जोशी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष मिनराज ओझा लगायतका नेताहरूले उक्त बस्तिमा पुगेर चामल, दाल र त्रिपाल लगायत सामाग्रीहरू वितरण गरेका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

बस्तिमा खान बस्न समस्या परिरहेको गुनासो आएपछि इन्चार्ज कैलाश जोशी लगायतले भेटघाट गरी आफ्नो पार्टी वास्तविक सुकुम्बासीको हक अधिकारका लागि सधै सहयोग र संघर्ष गर्न तयार रहेको बताउँदै खान बस्न सहयोग पुगोस् भनेर खाद्यान्न, त्रिपाल सहयोग गरेको जानकारी दिए ।

गत वैशाख १८ गते मजदुर दिवसका दिन गोदावरी नगरपालिका, डिभिजन वन कार्यालय र स्थानीय प्रसाशन धनगढीले सुकुम्बासी बस्तिमा डोजर चलाएको थियो ।

सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर बसेको बहानामा बस्तिमा डोजर चलाएको तर सामुदायिक वन क्षेत्रमा नेपाली काँग्रेसको पार्टी कार्यालय कांग्रेस सांसद वीर बहादुर बलायरबाट शिलान्यास गराएपछि जनतामा चौतर्फी व्यापक रुपमा आलोचना शुरू भएको छ ।

Loading...