डडेल्धुरामा दुई वटा गाडीको ब्रेक फेल हुँदा भीमदत्त राजमार्ग बन्द

धनगढी- डडेल्धुरामा दुई वटा गाडीको ब्रेक फेल भएको छ। जिल्लाको क्रितिपुरमा दुई वटा गाडीको ब्रेक फेल भएको हो। डडेल्धुरा प्रहरीका अनुसार बिहिवार बिहान सु प्र प्र ०१००१ ख २७८३ नम्बरको ट्रक ओरालोमा ब्रेक फेल भएर डिलतिरको पिल्लरमा ठोक्किएको थियो।

बिहान नै सोही स्थानमा सु प्र प्र ०१००२ त ६५०७ नम्बरको ट्याक्टरको समेत ब्रेक फेल भएको छ। दुवै सवारी साधन सडकमा रहेकाले भीमदत्त राजमार्ग बन्द भएको छ। सडक सुचारु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...