Satyawati
Division ban Pahalmanpur

गृह मन्त्रालय पाए सरकामा जान्छौँ : रवि

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाण्डौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने/नहुने विषयबारे शुक्रबार टुंगो लगाउँदैछ । त्यसअघि सरकारमा सहभागी हुने उद्देश्यले सो पार्टीका सभापति रवि लामिछानले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँगको बैठकलाई तीव्रता दिएका छन् ।

Malpot office dadeldhura

गृह मन्त्रालयको नेतृत्व गरेर लामिछाने सरकारमा सहभागी हुन खोजेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले रास्वपा अध्यक्ष लामिछानेलाई गृह मन्त्रालय दिन सकिने जनाउ पनि दिइसकेका छन् ।

तर, वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्री दाहाललाई सकस पर्ने माओवादी केन्द्रका नेताहरूले बताएका छन् । रास्वपा सभापति लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालसँग भेट गरिसकेका छन् । देउवा र लामिछानेबीच मंगलबार भेट भएको थियो। भेटमा लामिछानेले गृह मन्त्रालय पाए आफू सरकारमा जाने देउवालाई बताएका थिए ।

देउवाले गृह मन्त्रालयबारे प्रधानमन्त्री दाहालले निणर्य गर्न सक्ने तर, स्वास्थ्य मन्त्रालय कांग्रेसले नछाडने लामिछानेलाई जवाफ दिएका थिए। लामिछानेले देउवासँग स्वास्थ्य मन्त्रालयको समेत दावी गरेका थिए । सभापति देउवाले गृह मन्त्रालयबारे प्रधानमन्त्री दाहालले निणर्य गर्न सक्ने तर, स्वास्थ्य मन्त्रालय कांग्रेसले नछाडने लामिछानेलाई बताएका थिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...