महावीर पुनका मागहरुमा समर्थन जनाउँदै अत्तरियाका युवाहरु तेस्रो दिन पनि सडकमा

अत्तरिया, १८ बैशाख- सरकार र राष्ट्रिय आविस्कार केन्द्रको तर्फबाट डा. महावीर पुन बिच वार्ता बसिरहेको बेलामा पनि अत्तरियामा स्वस्फुर्त रुपमा तेस्रो दिन डा. महावीर पुनको आन्दोलनलाई समर्थन जनाउँदै सडकमा उत्रिएका छन् । देशलाई एक निश्चित दिशामा लिन उद्दमशिलतामा र आविष्कारलाई सरकारले आवश्यक पहल गर्ने वेला आएको छ ।


आजको जमातले अत्तरियाका युवाहरुमा देशको विकासका लागि एक जुट भएर नयाँ नयाँ आविस्कार तथा उद्दमशिलताका लागि प्रोत्साहन गर्ने निति नियम बनोस् भन्ने चाहना रहेको कुरा प्रष्ट देखिएको छ । आशा छ सरकार र महावीर पुन विच भएको सम्झौता पुणर् रुपमा कार्यन्वयन होस् र देशमै गरि खाने बाटो देखियोस् । दिप प्रज्वलन गरि अहिले नै विश्वास गरिदैन् तर सार्थकता होस् भने आसा रहेको बताइएको छ ।

पुनले अघि सारेका ४ बुँदे मागहरु यस प्रकार रहेका छनः
१. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने । सो कोषबाट नेपालका सम्पूणर् प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने । कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने ।

२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने ।

३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने । सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने ।

४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने । उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.