अछाममा भीरबाट लडेर एक जनाको मृत्यु

Bhancha ghar0

अछाम- अछाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षीय याम ढोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार उनी शनिबार अछामकै सैनबजारबाट बलाता जाँदै थिए । नेटेसल्ला भन्ने ठाउँमा उनी सडकबाट दुई सय मिटर तल खसेका हुन् । उनको पोष्टमाटम पछि शव आफन्ताको जिम्मा लगाइएको छ ।

 

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.