भर्नासँगै किताब पाएपछि विद्यार्थी खुसी

बाजुरा- गत वर्ष किताब नपाएर नै परीक्षा दिएका बाजुराका अधिकांश विद्यार्थीहरुले यो वर्ष भर्नाकै दिन किताब पाएपछि हर्षित छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा जनक शिक्षा सामाग्री केन्द्रले सबै प्रादेशिक कार्यालय र पुस्तक विक्रेतालाई समयमै पुस्तक वितरण गरेको थियो ।

बाजुराको बूढीगङ्गा नगरपालिका–१ स्थित धुरालसैन माविका कक्षा ९ का छात्र जीवन शाहीले गत वर्ष किताब नपाएर नै कक्षा ८ को परीक्षा दिएको थियो । यो वर्ष भने विद्यालयले भर्ना हुन आएकै दिन हातमा किताब थमाइ दिएपछि आफू निकै खुसी भएको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले गत वर्ष किताब कहिले आउँला भन्दा भन्दै बाटो कुर्दै बस्नु परेको तर यो वर्षमा समयमै किताब पाएपछि शैक्षिक गुणस्तर वृद्धि हुने बताए । धुरालसैन माविका प्राधानाध्यापक महासिंह थापाले किताव समयमै उपलब्ध गराउन सकेको बताए ।

प्रविन एण्ड ललित स्टेश्नरी बाम्काका पुस्तक वितरण कर्ता टेकबहादुर थापाले, यो वर्ष जनक शिक्षा सामाग्रीले समयमै हामीलाई किताव उपलब्ध गराएपछि सोही अनुसार हामीले पनि विद्यालयलाई किताब वितरण गर्न सफल भएको बताए ।

यो वर्षमा कक्षा एक देखि दश कक्षाको सबै किताब समयमै उपलब्ध भएको बताए । बाजुराको त्रिवेणी, बूढीगङ्गा र खप्तड छेडेदह गाउँपालिकामा सात हजार भन्दा बढी सेट किताब वितरण गरिसकेको थापाले बताए ।

बाजुराको हिमाली, स्वामिकार्ति, जगनाथ, बूढीनन्दा, गौमुल, बडिमालिका त्रिवेणी बूढीगङ्गालगायत २३७ वटा विद्यालयमा झण्डै ४५ हजार सेट किताब वितरण भएको पुस्तक बिक्रेताले बताएका छन् ।

 

Loading...