बाजुरामा मध्यराति २ पटक भूकम्प

काठमाडौं- बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ । राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए ।

उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो । मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो ।

भूकम्पले क्षति पुर्याएरनपुर्याएको एकीन हुन सकेको छैन । सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.