गुल्मीमा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

गुल्मी- गुल्मीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का १ जना घाइते भएका छन्। जिल्लाको मालिका गाउँपालिका– २ दर्लिङ्गबाट बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याप जिप दर्लिङ्गको दुनाममा दुर्घटना भएको हो।

दुर्घटनामा सहचालक बागलुङको बडिगाड गाउँपालिका–९ बल्गास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

Navadurga sun

सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन्। केसीको अवस्था मध्यम रहेको र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए।

बुधबार राति ११:४० बजेको समयमा जिपको एक्कासि ब्रेक फेल भएर सडकभन्दा करिब १५० मिटर तल खसेको स्थानीयलेको भनाइ छ।जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनाबारे थप अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...