बैतडीमा मदिराले लट्ठ भएका वडा सदस्य वडा कार्यालय पुगेपछि…

बैतडी- बैतडीमा एक जना वडा सदस्य मदिरामा लट्ठ भएर वडा कार्यालय पुगेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका वडा नं. ६का वडा सदस्य ठगी साउँद मदिरा सेवन गरेर वडा कार्यालय पुगेका हुन् । १०÷१५ दिन पहिला मदिरा सेवन गरेर वडा कार्यालयमा पुगेका भएपनि भिडियो भने अचेल भाइरल भएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। वडाध्यक्ष नरेन्द्र साउँद कार्यालयको कामले नगरपालिका गएका बेला उनलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको थियो । कार्यवाहक बसेकै समयमा उनी मदिरा सेवन गरेर वडा कार्यालयमा पुगेका र कर्मचारीसंग विवाद भएको भिडियो सार्वजनिक भएको छ।

Navadurga sun
Godawari sandesh

मदिराले लट्ठ भएका वडा सदस्यले रजिष्टर हेरेको, कर्मचारीसंग विवाद गरिररहेको र लरबराएर बोलीरहेको कुरा भिडियोमा प्रष्ट देख्न र सुन्न सकिन्छ। सार्वजनिक पदधारण गरेका व्यक्ति नै यसरी कार्यालय समयमा मदिरा सेवन गरेर पुगेका भन्दै उनको व्यापक आलोचना भइरहेको छ। गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका साउँदलाई पार्टीले स्पष्टीकरण सोधीसकेको बताइएको छ।

यस्तै वडा कार्यसमितिले पनि उनलाई यो बिषयमा सोध्नका लागि बोलाएको वडाध्यक्ष साउँदले बताए। वडा सदस्यसंग छलफलपछि मात्रै यो बिषयमा आफूले थप बुझ्ने उनले बताए । जनप्रतिनिधि नै मदिरा सेवन गरेर वडा कार्यालय पुगेको भन्दै वडा सदस्य साउँदको सामाजिक सञ्जाल फेसबुकमा व्यापक आलोचना भइरहेको छ।

 

Couple
Loading...