कञ्चनपुर- कञ्चनपुरको एक घरमा आगलागी भएको छ । जिल्लाको बेदकोट नगरपालिका–१ चम्फापुरका ५० वर्षीय करन बहादुर बिष्टको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।



विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





