अनेरास्ववियु धनगढीद्वारा जनतासंग जनप्रतिनिधी कार्यक्रम शुरु

धनगढी– नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन धनगढीले जनतासंग जनप्रतिनिधी कार्यक्रम शुरु गरेको छ। जनताका समस्या प्रत्यक्ष जनप्रतिनिधीसंग पुगाउने उद्देश्यले सोमबारबाट अनेरास्वबियुले धनगढीमा जनता संग जनप्रतिनिधी कार्यक्रम शुरु गरेको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा सोमबार कार्यक्रमको सुभारम्भ गरिएको हो । उपमहानगरपालिका १ बाट जनतासंग जनप्रतिनिधी कार्यक्रम शुरु गरी १९ वटै वडामा कार्यक्रम आयोजना गरिने अनेरास्वबियु धनगढीका अध्यक्ष नितेश जोशीले बताए । जनताका समस्या धेरै थाँती रहेपनि जनप्रतिनिधीहरुको ध्यान त्यता नपुगेका कारण अनेरास्वबियुले ति मुद्धा सम्बोधनका लागी जनतासंग जनप्रतिनिधी कार्यक्रम आयोजना गरेको जोशीले बताए ।

जनतासंग जनप्रतिनिधी कार्यक्रममा सहभागीहरुले निर्वाचित वडाका जनप्रतिनिधिहरुसंग निकै आक्रास पोखेका छन् । उप महानगरमा रहेको मुख्य सडक नबन्नु, खानेपानी, जग्गाधनी पुर्जा नपाउनु लगायत जनताहरुले जनप्रतिनिधीहरुसंग निकै प्रश्न गरेका छन् । उनिहरुले जनताका मुद्दामा सबेंदनशिल बन्न आग्रह गरेका छन् ।

वडा नम्बर १ का सदस्य धर्म उपाध्यायले सक्दो जनताका समस्या सम्बोधनको प्रयासमा जनप्रतिनिधी रहेको बताए । जनतामाझँ गरेका बाचाहरु वडाबाट हुने कामहरु धमाधम गरेपनि ठुलो बजेट आवश्यक पर्ने योजनाका लागी अन्य निकायमा पहल भएको उनले बताए । अन्य निकायबाट आउनुपर्ने योजनामा ढिलाई भएका कारण जनताका मुद्दा समयमै सम्बोधन हुन नसकेको उनले स्वूकार गरेका छन् ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.