धनगढीमा स्वास्थ्य क्षेत्रमा हुने विपदजोखीम न्युनिकरण सम्बन्धी छलफल

धनगढी– धनगढीमा स्वास्थ्य क्षेत्रमा हुने विपद जन्यजोखीम न्युनिकरण सम्बन्धी प्रदेशस्तरिय छलफल गरिएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालय, सुपर परियोजना तथा सामाजिक बिकास मन्त्रालयको आयोजनामा स्वास्थ्य क्षेत्रमा हुने विपदजोखीम न्युनिकरणमा भुमिका र योजना सम्बन्धी छलफल गरिएको हो ।

Bhancha ghar0

तिन तहकै सरकार, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाको समन्वय र सहकार्यताले विपद जन्यजोखीम न्युनिकरण हुने सुझाब दिइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका स्वास्थ्य निर्देशक डा. जगदिश जोशीले स्वास्थ्य क्षेत्रमा महामारीको संकट र विपद जोखीमलाई न्युनिकरण गर्न कार्ययोजना बनाउनुपर्ने जोड दिए । उनले बाढी पहिरो, सडक दुर्घटना,भुकम्प लगायत कोरोनाको महामारी जस्ता विपदबाट स्वास्थ्य क्षेत्र निकै जटिल अवस्थामा पुग्ने भएकाले सबै निकायको समन्वयको आवश्यकता पर्ने बताए ।

कार्यक्रममा सुपर परियोजना सुदुर पश्चिम प्रदेश संयोजक प्रगती भट्टराईले विपद जन्य घटना रोकथामबारे कार्ययोजना बनाउन बिभिन्न संघ संस्था, प्रदेश सरकार, बिषयविज्ञसँग सुझाब संकलन गर्ने कार्य भैरहेको बताइन् । प्रदेशमा विपद सम्बन्धी कलस्टरका बारेमा सुपर परियोजनाले सबैसँग राय सुझाब संकलन गरेर प्रतिकार्य योजना बनाइरहेको र थप सल्लाह सुझाब दिन उनले भनिन् ।

युएनडिपी नेपाल सुदूरपश्चिम प्रदेश क्षेत्रीय कार्यालय प्रमुख बैजन्ती गिरीले बिपदमा कसरी काम गर्ने भनेर सुदुरपश्चिमसहित अन्य प्रदेशमा बिभिन्न चरणमा काम भैरहेको बताइन् । बिभिन्न कलस्टरमा काम गर्न सुपरपरियोजना लगायतका संघसंस्थाले सहयोग गर्दै आएको र प्रदेश मन्त्रालयको थप सहकार्यता हुने बिश्वास लिइन् । थप सल्लाह सुझाब र प्रतिकृयाले विपद न्युनिकरण सम्बन्धी योजना बनाउन सहयोग पुग्ने उनको भनाई छ । सामाजिक बिकास मन्त्रालयका हेमराज खड्काले डिजास्टर प्लान बनाउन प्रदेशका मन्त्रालय र परियोजना बिच सहकार्य भए आवश्यक बजेट, निती निर्माण बनाउन सजिलो हुने बताए ।

यस्तै सिएमसी नेपाल सुदुरपश्चिमका मनोविद एवन श्रेष्ठले विपदमा परिसकेका ब्यक्तीलाई मनोसामाजिक समस्या देखीने भएकाले यस्ता कुराहरु पनी योजनामा समेट्नुपर्ने सुझाब दिए । विपदका बेला मनमा चिन्ता, डर र त्रासकाबेला मनोपरामर्श दिएर मनोवललाई उच्च बनाउन सकिने र थप जोखीम हुन नसक्ने उनको बुझाई छ ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.