गोदावरी पत्रकार मञ्चको वार्षिक साधारण सभा तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

अत्तरिया, १० बैशाख । कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको गोदावरी पत्रकार मञ्चले आफ्नो वार्षिक साधारण सभा तथा भित्तेपात्रो विमोचन कार्यक्रम गोदावरी नगरपालिका वडा नं.२ मा रहेको क्याबिनेट रिसोर्टको हलमा सम्पन्न गरेको थियो।

आईतबार मञ्चले आफ्नो पहिलो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरे संगै सो अवसरमा मञ्चको २०८० सालको भित्तेपात्रो एक कार्यक्रमका बिच प्रमुख अतिथि डा. लक्ष्मीराज पाठकद्वारा विमोचन गरिएको हो ।

गोदावरी पत्रकार मञ्चका अध्यक्ष प्रेम सिं बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मञ्चका संरक्षक डा. लक्ष्मी राज पाठक रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका डा. पाठकले पत्रकार भनेका देशका चौथो अंग हो । समाजमा रहेका स-साना कुराहरुलाई मिडियाको माध्यमद्वारा जनताहरुलाई शुसुचित गराउने काम मिडियाहरुले गरेको पाइन्छ । मिडियाले देशको राजनिति सरकार कुन दिशातिर मोड्ने शक्ति पनि मिडिया र पत्रकारहरुमा रहेको ईतिहाँसले तथ्य प्रमाणित गरेको पाईन्छ ।

त्यसैगरी यस गोदावरी पत्रकार मञ्चले छोटो समयमा आफ्नो क्षमता दक्षताको स्वरुप कस्तो हुन्छ भनि आज प्रमाणित गरेको छ । सर्वप्रथम सम्पूर्ण  मञ्चका पदाधिकारीहरुलाई धन्यवाद दिन चाहन्छु । तपाईको यात्रा निरन्तर समाज देशको राजनिति र पछाडी परेका बर्गका बिषयमा कलम चलाउने सफलता मिलोस र हाम्रो तर्फबाट तपाईहरुलाई हुने सहयोगमा निमित्त प्रतिवद्धता रहेको समेत उनले बताए ।

देश पछिल्लो समय स्वतन्त्र व्यक्तिहरुको विगविगीले कुन दिशामा जाने टुंगो लाग्न सकिरहेको छैन । बेलैमा यस्तापित पार्टीहरुले ध्यान दिएन भने स्वतन्त्रहरुको लहर रहने समेत उनले बताए । पछिल्लो समय म पनि स्वतन्त्र स्थानमा उभिएको उनले बताए ।

त्यस्तै विशिष्ठ अतिथिमा दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. डम्बर बहादुर पाल, कैलाली हार्डवेयर व्यबसायि संघका उपाध्यक्ष नैन सिंह कार्की रहेका थिए भने अतिथीमा अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष टिकादत्त जोशी, नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर कमिटिका अध्यक्ष नरेन्द्र शर्मा, गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, गोदावरी पत्रकार मञ्चका सल्लाहकार तथा गोदावरी एफएम का प्रबन्ध निर्देशक गोविन्द रोस्यारा, चेम्बर अफ कमर्सका अध्यक्ष तिर्थ राज ओझा, सुदूरपस्चिम प्रदेश ट्राफिक प्रहरी एसपी नेत्रमणी गिरी रहेका थिए ।

क्याम्पस प्रमुख डा.पाल कार्यक्रममा बोल्दै गोदावरी पत्रकार मञ्चको उत्तरोत्तर प्रगतीको कामना गर्दै पत्रकार भनेका राज्यले नै चौथो अंगको रुपमा मान्यता दिएको संस्था रहेको बताए । पत्रकारले निश्पक्ष सत्य रहित समाचारलाई रिपोटिङ्ग गरी प्रकाशन गर्नुपर्ने बताए । तर पछिल्लो समय समाचारहरु समावेशी रुपमा प्रकाशित नगरेको पाइन्छ । यसमा पत्रकार साथीहरुले बेलैमा ध्यान दिनुपर्ने बेला आएको छ । यसले पत्रकारहरु माथिको विश्वास घट्न सक्छ त्यसैले गर्दा पत्रकारहरुले सत्य, तत्थ्य र निश्पक्ष समाचार सम्प्रेसन गर्नु नै पत्रकारहरुको पहिलो गहना हो ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्कीले सर्बप्रथम कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । जुन पत्रकारहरुको साझा संगठनका रुपमा गोदावरी क्षेत्र नै एकढिक्का बनाएको छ । यसले समाजका घट्नाहरुलाई पनि एकढिक्का गरेर सम्प्रेसन गर्ने छन् भन्ने पूर्ण विश्वास गर्दछु । अहिलेको अवस्थमा व्यवसायिकहरु ठूलो मारमा परेका छन् । हिजो ७-८ प्रतिशतमा बैंकबाट लिएको ऋणको व्याज अहिले १८-२० प्रतिशत तिर्नुपर्ने बेला आएको छ यसले गर्दा व्यपारिहरुलाई ठूलो मार परेको उनले बताए ।

बेलैमा सरकारले यस बिषयमा ध्यान दिएन भने व्यापारीहरु थला पर्ने अवस्था आउँछ भन्न सकिँदैन । हामी सबै आ-आफ्नो क्षेत्रबाट पहल कदमी गरी न्युनतम व्याजदरमा ल्याउन सरकार र बैंकहरुलाई ध्यानाकर्षण गराउनु नै व्यापारीहरु र सर्वसाधारणहरुको पहिलो प्राथमिकता रहेको उनले बताए ।

गोदावरी पत्रकार मञ्चका उपाध्यक्ष नरेश नाथ योगीले कार्यक्रम सञ्चालन गरे संगै स्वागत मन्तव्य गोदावरी पत्रकार मञ्चका सचिव प्रकाश बोहराले गरेका थिए ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.