Satyawati
Division ban Pahalmanpur

भजनीका स्वास्थ्यकर्मी तलब माग्दै अनिश्चितकालीन धर्नामा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलाली जिल्लाको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरू अनिश्चितकालीन विरोध तथा धर्ना सुरु गरेका छन् । स्थायी स्वास्थ्यकर्मीहरुले तलब भत्ता यथाशीघ्र व्यवस्था गर्न माग गर्नुपर्नेलगायत माग गर्दै आइतबारदेखि विरोध तथा धर्ना कार्यक्रम सुरु गरेका हुन् ।

Malpot office dadeldhura

स्थायी स्वास्थ्यकर्मी सङ्घर्ष समिति भजनीले अन्य कर्मचारी सरह स्वास्थ्यका कर्मचारीहरूलाई पनि इन्धनलगायत प्रोत्साहन भत्ता प्रदान गर्नुपर्ने, आगामी आवको तलब भत्ताको व्यवस्था अग्रिम व्यवस्था गर्नुपर्ने, समायोजन र समायोजन मिलान भई आएका स्वास्थ्यकर्मीहरूलाई हाल कामकाज गरिरहेकै स्थानमा पदस्थापन गर्नुपर्ने लगायत माग राखेको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश चौधरीले माघदेखि तलब भत्ता नपाएको बताउँदै विरोध स्वरूप पालिकालाई चैत ४ गते ज्ञापन पत्र बुझाएको बताए । नगरपालिकाले केही महिनाको लागि तलब भत्ता व्यवस्था गर्ने आश्वासन दिएको तर कुनै पहल नभएपछि अनिश्चितकालीन धर्ना सुरु गरेको बताए । भजनीमा ४० जना स्थानीय स्वास्थ्यकर्मी कार्यरत छन् । उनीहरुले आकस्मिक सेवा, प्रसूति सेवाबाहेक सेवा बन्द गरी धर्नामा बसेका हुन् ।

 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...