सुदूरपश्चिमका नौ वटै जिल्लामा फैलियो लम्पी स्किन रोग

धनगढी- सुदूरपश्चिमका नौ वटै जिल्लामा लम्पी स्किन फैलिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गाई र भैँसीमा देखा पर्ने लम्की स्किन रोग (दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली) जिल्लामा फैलिएको मन्त्रालयले जनाएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुचिकित्सक डा. हेमराज अवस्थीका अनुसार प्रदेशभर फैलिएको यो रोगका कारण डोटीमा ५७ वटा जनावर मरिसकेका छन् । कैलालीमा गत वर्ष देखा परेको यो रोग निरन्तर फैलीरहेको छ । गत वर्ष मात्र ५ सय बढी र यो वर्ष एक सय बढी पशुमा यो रोग लागि सकेको पशुचिकित्सक अवस्थीले जानकारी गराए । कञ्चनपुरको दोधरा-चाँदनीमा मात्र ५० भन्दा बढी पशुमा यो रोग लागिसकेको छ ।

Navadurga sun

सुदूरपश्चिमका नौवटै यो रोगबाट हालसम्म करिब एक हजार गाईभैँसी मरिसकेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ । चैतयता डडेल्धुरा, डोटी, बैतडी र दार्चुलामा यो रोग बढी फैलिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेशप्रसाद जोशीले जानकारी दिए । डडेल्धुराको भागेश्वर, पर्शुराम, आलिताल क्षेत्र, डोटीको जोरायल, बैतडीको पाटन र दार्चुलाको गोकुले क्षेत्रमा केही सातायता लम्की स्किन रोग व्यापक मात्रामा फैलिएको उनले बताए ।

नमुना संकलन गरेर केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा लम्की स्किन पुष्टि भएको जोशीले बताए । यो रोगबाट सुदूरपश्चिममा अहिले हजारौँ चौपाया संक्रमित छन् । रोगले कतिपय किसानका गाईगोठ रित्तिएका छन्,’ उनले भने ‘नयाँ रोग भए पनि सुदूरपश्चिमका नौवटै जिल्लामा देखिएको छ ।’ सबैभन्दा बढी क्षति डडेल्धुरामा भएको उनले जानकारी दिए । ‘लम्पी स्किन’ नामक नयाँ संक्रामक रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी हुने र मर्ने दर बढ्न थालेको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहतको पशु सेवा विभाग र प्रदेशस्थित कृषि मन्त्रालयको तथ्यांकअनुसार दुई वर्षअघि भित्रिएको यो रोग देशभरका ४९ जिल्लामा पुगिसकेको छ । अहिलेसम्म १४ हजार तीन सय ६६ गाई, भैँसी र गोरु यो रोगका संक्रमणमा परेको केन्द्रीय पशुपक्षी अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ ।

तर, यो रोगबाट लाखौँ पशुचौपाया संक्रमित भएको प्रारम्भिक अनुमान छ । १० असार ०७७ मा मोरङको सुन्दर हरैँचा नगरपालिकामा रहेका किसानका गाईमा पहिलोपटक ‘लम्की स्किन’ रोग देखा परेको थियो ।

सुुरुका दिनमा नियन्त्रणका लागि सरकारले खासै चासो नदिएपछि अहिले यो रोगले महामारीको रूप लिएको हो । सुरुमा अफ्रिकी देशमा देखिएको यो रोग बिस्तारै म्यानमार, थाइल्यान्ड, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको हो ।

ADD Khali jpg
Loading...