कैलालीको गेटामा स्कारपियो दुर्घटनामा १ को मृत्यु, ५ जना घाइते

धनगढी– कैलालीमा स्कारपियो दुर्घटना भएको छ । जिल्लाको गेटामा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

Dadeldhura hospital

गोदावरी नगरपालिका-५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका-११ बेलाका ७० वर्षिय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ । स्कारपियोमा सवार अन्य ५ जना घाईते भएका छन ।

godawari10 Mahila hinsa
Navadurga sun

घाईतेमध्ये दार्चुलाको शैल्यशिखर नगरपालिका-२ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी उपमहानगरपालिका-६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय बसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनु खाण चन्द रहेको प्रहरीले जनाएको छ । घाईते सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

Loading...