डोटीको सायलका उपाध्यक्षले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोप

डोटी– डोटीको सायल गाउँपालिकाका उपाध्यक्षले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोप लगाएकी छन् । गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीले गाउँपालिकामा १० शय्याको अस्पताल फिल्ड निर्माण कार्यको भुक्तानी दिँदा आफ्नो कीर्ते हस्ताक्षर गरिएको बताइन् ।

उनले छानबिनको माग समेत गरेकी छिन् । अस्पतालको फिल्ड निर्माणको काम सम्पन्न भएको भनी तयार गरिएको प्रतिवेदनमा मेरो नक्कली हस्ताक्षर गरिएको बताइन् । कहिले र कति भुक्तानी दियो । कसले अनुगमन गर्‍यो भन्ने बारेमा आफुलाई यस बिषयमा कुनै जानकारी नभएको बताइन् । गाउँपालिकाको अनुगमन तथा सुपरीपेक्षण समितिका संयोजक समेत रहेकी उपाध्यक्ष ओलीले मेरो कीर्ते हस्ताक्षर भएकोले छानबिनको माग गरिन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले कीर्ते हस्ताक्षर गरेर रकम भुक्तानी भएकोमा आफ्नो कुनै गल्ती नभएको र सम्बन्धित पक्षले जिम्मा लिनुपर्ने उनको भनाई छ । आफूले सो बिषयमा गाउँ कार्यपालिकामा समेत कुरा उठाएको र कार्यपालिकाले छानबिन गर्ने निणर्य गरेको उपाध्यक्ष ओलीले बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्ट अस्पताल निर्माण कार्य सम्पन्न भएको भनी कार्यालयमा पेश भएको अनुगमन प्रतिवेदनमा प्रयोग भएको आफ्नो हस्ताक्षर नक्कली भएको उपाध्यक्षले दावी गरेको बताए ।

उनले अनुगमन समितिबाट प्रतिवेदन आएपछि २०७९ साल असार २५ गते उपभोक्ता समितिको खातामा जम्मा हुने गरी ८ लाख रुपैयाँ भुक्तानी भएको बताए । प्रमुख प्रशासकीय अधिकृत भट्टले उपाध्यक्षले हस्ताक्षर आफ्नो नभएको भनेर छानबिन हुनुपर्ने बताए । उपाध्यक्षको हस्ताक्षर जस्तै देखीएकाले हो कि होइन भनेर छानबिनपछि मात्रै सो बिषयको बास्तबिकता बाहिर आउने उनको भनाई छ ।

Loading...