डडेल्धुराकी अनितालाई ९० वर्षमा नागरिकता

डडेल्धुरा– डडेल्धुराकी अनिताले ९० वर्षमा नागरिकता प्राप्त गरेकी छिन्। जिल्लाको अमरगढी नगरपालिका–३, मरकट्टेकी अनिता विष्ट उमेरले ९० वसन्त काटेपछि नागरिकता पाएकी हुन्। दुईवटै आँखा नदेख्ने र कान पनि नसुन्ने विष्ट अशक्त छिन्।

Dadeldhura hospital

प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपानेसहित प्रशासन कार्यालयको टोली बिहीबार उनको घरमै पुगेर नागरिकता दिएको हो। नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित थिइन्। नागरिकता पाएसँगै अब उनले सामाजिक भत्तासमेत पाउँदै छिन्।

Navadurga sun
Godawari sandesh

अमरगढी–३ डोटी घटाल क्षेत्रको मरकट्टे गाउँकी ज्येष्ठ नागरिक विष्टको साहारा बुहारी र नातिनी छन्। छोरा रोजगारीको सिलसिलामा भारतमा छन्। पतिको मृत्यु दर्ता र छोरा बुहारीको नागरिकता भएको आधारमा उनलाई घरमै पुगेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।

Loading...