समैजी माविको ३३औं बार्षिक अभिभावक भेला सम्पन्न, २ कोठे पक्की भवनको उद्घाटन

अत्तरिया- कृष्णपुर नगरपालिका वडा न ४ मा रहेको समैजी माविको ३३औं वार्षिक अभिभावक भेला सम्पन्न भएको छ । बुधबार सम्पन्न अभिभावक भेला सँगै उक्त माविमा बनाइएको २ कोठे पक्की भवनको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले उद्घाटन समेत गरेका हुन् ।

Dadeldhura hospital

उक्त कार्यक्रममा बोल्दै ओझाले सार्वजनिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावकको मन जित्न सक्नुपर्ने बताए । सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक सँगसँगै सचेत अभिभावकको समेत आवश्यकता भएकोले विद्यालयमा अभिभावकले निरन्तर खबरदारी एवं निगरानी गरिरहनु पर्ने बताएका छन् ।

Navadurga sun
Godawari sandesh

विद्यालयको मुख्य जग इसीडी का विद्यार्थी रहेकाले त्यसैलाई लक्षित गर्दै यो शैक्षिकसत्रमा नगरपालिकाका १३ ओटा माध्यामिक विद्यालयका लागि नगरपालिका आफ्नै इसीडी को पाठ्यक्रम तयार पारिरहेको समेत ओझाले बताए ।

कार्यक्रममा नगरप्रमुख सहित वडा न ४ का अध्यक्ष, वडा सदस्यहरु, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Loading...