वार्षिक नतिजा प्रकाशन, पुरस्कार वितरण एवं शैक्षिक बुलेटिन विमोचन कार्यक्रम सम्पन्न

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न.७ शान्तिपुरमा रहेको कञ्चन माध्यामिक विद्यालयको वार्षिक नतिजा प्रकाशन, पुरस्कार वितरण एवं शैक्षिक बुलेटिन विमोचन कार्यक्रम सम्पन्न गरिएको छ ।

Navadurga sun
Godawari sandesh

उक्त कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले उक्त कार्यक्रममा बोल्दै सार्वजनिक शिक्षा सुधार गर्न कुशल नेतृत्व, असल शिक्षकहरुको टिम, भिजनरी व्यवस्थापन समिति, विद्यालय र आफ्ना नानिबाबुप्रती चिन्ता र चाँसो लिने अभिभावक भए सार्वजनिक विद्यालयप्रती आकर्षण बढाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न धेरै समय नलाग्ने बताएका छन् ।

Dadeldhura hospital

त्यस्तै कृष्णपुर नगरपालिकाको सार्वजनिक शिक्षा सुधारका लागि अत्यन्तै चिन्तित रहनुका साथै विभिन्न सरोकारवाला निकायसँग दिनहुँ समन्वय गर्ने कार्यमा आफु लागि परेको बताए ।

उक्त कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, वडा न ७ का अध्यक्ष, विद्यालयका प्रअ, व्यवस्थापन समितिका अध्यक्ष लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Loading...