मालाखेतीमा सुत्केरी मृत्यु प्रकरणको अध्ययन गर्न छानविन समिति गठन

अत्तरिया– कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ३ मा रहेको मालाखेती अस्पतालमा भएको सुत्केरी मृत्यु प्रकरणको अध्ययन गर्न छानविन समिति गठन गरीएको छ । मंगलबार बेलुकी कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरीएको हो ।

शिशु सहित सुत्केरीको मृत्यु भएपछी मृतकका आफन्तले स्वास्थ्यकर्मीको लापरवाहिका कारण मृत्यु भएको भन्दै आन्दोलन गरीरहेका छन् । सोमबार बिहान नवजात शिशु सहित मृत्यु भएकी लक्ष्मी भट्रराईको शव अझै उठ्न सकेको छैन ।

Navadurga sun

मृतकका आफन्तले उत्त समय ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई कारबाहि हुनुपर्ने,अस्पतालको व्यवस्थापन समिति परिवर्तन गर्नुपर्ने र मृतकका यसअघि रहेका ७ वर्षीय छोराको जिम्मा अस्पतालले लिनुपर्ने माग राखेका छन् ।

ADD Khali jpg
Loading...