


अछाम- शनिबार कर्णाली नदिमा डुबेर पाँच महिनाको बच्चा सहित आमा छोराको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर-४ की २२ वर्षीया कमला धामी र उनका पाँच महिनाको बच्चाको शव कर्णालीको त्रिवेणीमा अछाम प्रहरीले भटाएको हो ।


घरबाट उपचारका लागि भनेर पाँच महिनाको बच्चा सहित हिँडेकी कमला र उनका बच्चाको शव त्रिवेणी स्थित कर्णाली नदिको किनारामा फेला परेको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले बताए ।

