अमरगढी नगरपालिकामा यही चैत २४ र २५ गते वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिकामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वडा नम्बर १० को आयोजनामा ‘वडास्तरीय प्रथम अध्यक्ष कप मैत्रीपूर्ण पुरुष भेट्रान्स भलिबल’ प्रतियोगिता आयोजना हुने भएको हो ।

नयाँ वर्ष २०८० को अवसरमा यही चैत २४ र २५ गते वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको वडाध्यक्ष खेमराज भट्टले जानकारी दिए । वडा कार्यालयले एक सूचना जारी गर्दै नगरपालिकाभित्रका ११ वटै वडालाई प्रतियोगितामा सहभागिताका लागि अनुरोध गरेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई पुरस्कारको पनि व्यवस्था गरिएको । वडाध्यक्ष भट्टका अनुसार पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यसका साथै उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

टिम दर्ता शुल्क ३ हजार पाँच सय तोकिएको छ । यही चैत २२ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने र खेलाडीहरूको उमेर ३५ वर्ष पूरा भएको हुनुपर्ने वडाध्यक्ष भट्टले बताए । अमरगढी नगरपालिकामा कार्यरत कर्मचारीहरूले पनि नगरपालिकाको नामबाट एउटा टिम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ ।

Loading...