डडेल्धुरामा एसईईका परीक्षार्थीलाई निःशुल्क खाना

डडेल्धुरा– डडेल्धुरामा एसईईका परीक्षार्थीलाई निःशुल्क खाना उपलब्ध गराइएको छ । जिल्लाको आलिताल गाउँपालिकाले एसईईमा सहभागी परीक्षार्थीलाई निःशुल्क खाना उपलब्ध गराएको हो ।

Dadeldhura hospital

पालिकाको दुर्गम तथा पालिका सदरमुकामबाट टाढा रहेका वडा नम्बर १ को भुवनेश्वरी मावि र २ को उणिकोट माविका परीक्षार्थीलाई निःशुल्क खानाको व्यवस्था गरिएको हो । परीक्षामा गाउँपालिकाका तीन सय १६ विद्यार्थी सहभागी छन्। आलिताल गाउँपालिकामा दुईवटा परिक्षा केन्द्र रहेका छन् । डडेल्धुराका १२ वटा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ ।

Navadurga sun
Godawari sandesh

परीक्षामा दुई हजार ६८९ विद्यार्थी सहभागी रहेको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका प्रमुख नारद जोशीले बताए । सुदूरपश्चिमका नौ जिल्लामध्ये डडेल्धुराबाट सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी छन् । शिक्षा विकास निर्देशनालय दिपायल डोटीको तथ्याङ्क अनुसार एसईईमा ५५ हजार तीन सय ७६ विद्यार्थी सहभागी भएका छन् ।

 

Loading...