
बैतडी– बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको पाटन नगरपालिका-४ तोलीमा ब्रेक फेल भएर शनिबार बिहान जिप दुर्घटना भएको हो । जिपमा १० जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।





देहीमाण्डौंबाट धनगढीतर्फ गइरहेको सु प प्र ०१-००१ च ३१२५ नम्बर बोलेरो जिप दुर्घटनामा परेको हो । जिपमा १० जना सवार रहेका र उनीहरु सबै सकुशल रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।




जिपको ब्रेक फेल भएर सडकको भित्तामा ठोकीन गई सडकछेउमै जिप पल्टेको प्रहरीले जनाएको छ । सडक छेउमै जिप रोकिएका कारण ठूलो दुर्घटनाबाट जोगिएको प्रहरीले बताएको छ ।