कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

gyan kendra dadel

कञ्चनपुर- कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

Khanepani dadeldhura

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो। पुनर्वास नगरपालिका–१० मदनटोलकी सार्की गाउँकै स्थानीयसँग मेलापातका लागि नेशनल पार्क गएका बेला बाघले आक्रमण गरेर मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

ajaymeru gaupalika
udhok dadeldhura

उनको शव भारत तर्फको वन क्षेत्र एसएसवी क्याम्प कुवा नम्बर ८ को पुर्व क्षेत्रमा भेटिएको कुण्डा सवडिभिजन वन कार्यालय पचकडिया, कञ्चनपुरका प्रमुख सहायक वन अधिकृत दिनेश कुमार यादवले जानकारी दिएका छन।बिहान ७ जनाको महिलाको समुहमा भारतको दुधवा नेशनल पार्कमा घाँस काट्न गएका भएपनि अन्य महिला भने बाघको आक्रमणपछि भागेर बच्न सफल भएका थिए। अहिले जंगलबाट शव निकालेर भारतीय प्रहरीले बुझेको छ।

भारतिय प्रहरीले मुचुल्का बनाई कागजी प्रकृया पुगाएर नेपाल प्रहरीको जिम्मा लगाउने बताईएको छ। यता कैलालीको धनगढी उपमहानगरपालीका ३ मा बच्चासहित दिनहुँ जस्को बाघ देखिएन थालेका हुन् । धनगढी वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले केही दिन यता सो क्षेत्रमा बाघ देखि देखीन थालेको बताएका छन्।

बुधबार राती ९ः३० वजे देखि झन्डै ११ वजेसम्म मोहना लालझाडी क्षेत्रको मोहना नदि किनार, भन्सार,मसान टोल क्षेत्रमा बाघ कराउदै गरेको स्थानियवासिहरुले बताएका थिए।यस्तै आज (शुक्रबार) बिहान ५ बजेको समयमा धनगढी वडा नम्बर ३ स्थित प्रस्तावित बसपार्क पछाडि बच्चासहितको बाघ हिडडुल गर्दै र कराउँदै गरेको अवस्थामा देखिएका छन्।

Loading...