बाजुरा क्याम्पसको ताला नौ दिनपछि खोलियो

बाजुरा- बाजुरा क्याम्पसमा नेविसंघले लगाएको ताला नौ दिनपछि खोलिएको छ। छुटेका मतदातालाई निर्वाचनमा समावेश गर्ने र फर्जी मतदाताको छानबिन गर्ने विषयलाई लिएर नेविसंघले ताला लगाएको थियो।

Dadeldhura hospital

स्ववियु निर्वाचनमा छुटेका मतदातालाई समावेश गर्ने र फर्जी मतदाता छानबिन भएपछि बिहीबार क्याम्पसमा लागेको ताला खोलिएको हो। विवादका कारण बाजुराका क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन। नेविसंघ बाजुराका अध्यक्ष जनक थापाका अनुसार स्थगित भएका तीन वटै क्याम्पसमा एकसाथ निर्वाचन गर्ने तयारी भएको छ।

Navadurga sun
Godawari sandesh

बाजुरा क्याम्पसमा नेविसंघ र बडिमालिका क्याम्पसमा अनेरास्ववियुले ताला लगाएको थियो। अनेरास्ववियु जिल्ला अध्यक्ष दिलबहादुर थापा भोटेले बाजुरा क्याम्पसमा नेविसंघ र क्याम्पसबीच सहमति भएपछि ताला खोलिएको जानकारी दिए । सुदूरपश्चिम विश्व विद्यालयले चैत ८ गते भित्र स्ववियु निर्वाचन गरिसक्नु पर्ने निर्देशन गरेको थियो।

बाजुराका तीन वटै क्याम्पसमा तोकिएका मितिमा निर्वाचन हुन नसकेको हो। बाजुराको बुढीनन्दा क्याम्पसमा चैत ५ गते निर्वाचन भए पनि बीचमै बिथोलिएको थियो। बाजुरा क्याम्पस प्रमुख सुरेश पण्डितले जिल्लाका विद्यार्थी सङ्गठनका प्रमुखलाई बोलाएर स्ववियु निर्वाचन कहिले गर्ने भन्ने विषयमा बिहीबार छलफल भएको छ।

Loading...