मेयर कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौं- सम्झना खड्काको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप ट्वान्टी २० मा आयोजक मेयर्स ११ लाई ५१ रनले पराजित गरेको छ। उद्घाटन खेलमा एक सय ३८ रनको योगफल जोगाउँदै सुदूरपश्चिमले विजयी सुरआत गर्यो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गु्माएर एक सय ३७ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको मेयर्स ११ ले २० ओभरमा सात विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्यो। मेयर्स ११ का लागि लक्ष्मी चौधरीले २५ तथा हेलिशा गुरुङले १९ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

Navadurga sun

सुदूरपश्चिमका लागि रिचु कनोजियाले दुई विकेट लिँदा बाँकी पाँच जना ब्याटर रन आउट भएका थिए। यसअघि सुदूरपश्चिमका लागि ४५ बलको सामना गरेकी सम्झनाले ६ चौकासहित ५१ रनको अविजित इनिङ खेलिन्। त्यसअघि कप्तान विन्दु रावल १८ तथा रुबी पोदार २८ रन बनाएर पेभेलियन फर्केकी थिइन्।

पाँचौं नम्बरमा क्रिजमा उत्रिएकी कविता जोशीले २८ बलमा दुई चौका र इनिङको एउटा मात्रै छक्कासहित अविजित २७ रन जोडिन्। बलिङ तर्फ मेयर्स ११ की कृतिका मरासिनीले दुई तथा सोनी पाख्रिनले एक विकेट लिए। अहिले जारी दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेश प्रदेश खेलिरहेका छन्। टस हारेर ब्याटिङ थालेको मधेश प्रदेशले १६ ओभरमा पाँच विकेट गुमाएर ४९ रन बनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...