अछाममा बाघको छाला सहित १ जना पक्राउ





अछाम, १९ जेठ- अछाममा बाघको छाला र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । अछामको कमलबजार नगरपालिका वडा नं. ८, ढाकुका ५० वर्षीय विष्णुबहादुर विष्ट पक्राउ परेका हुन् ।


विष्टको साथबाट एक थान बाघको छाला बरामद भएको प्रहरीले जनाएको छ । घरमा बाघको छाला लुकाएको खबर पाएपछि इलाका कमलबजारबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



