डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी, सभापतिमा भट्ट

डडेल्धुरा- डडेल्धुरा बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ।आइतबार राति सम्पन्न मतगणनाअनुसार नेविसंघको प्यानल नै विजयी भएको हो।

Dadeldhura hospital

सभापतिमा नेविसंघका दुर्गाप्रसाद भट्ट ३ सय १० मत ल्याउँदै विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी सयुक्त गठबन्धनका तर्फबाट नेविसंघ बिपीका सभापतिका उम्मेदवार मदनबहादुर बोहराले १ सय ८ मत पाए। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु गणेशबहादुर क्षेत्रीले ७० मत ल्याए।

Navadurga sun
Godawari sandesh

यस्तै सचिवमा पनि नेविसंघकै लोकेन्द्र बोहरा, कोषाध्यक्षमा देवकी तमौली र सदस्यहरूमा पूजाकुमारी बोगटी, महेश्वरी भण्डारी, सुरज विक, दीपिका पन्त र राजेन्द्र पाण्डे विजयी भएका छन्। कुल ७९८ मतदातामध्ये ५ सय २३ मत खसेको थियो।

 

Loading...