धनगढी– धनगढीमा उत्कृष्ट टिकटकर पुरस्कृत भएका छन् । धनगढी उपमहानगरपालिकाकाले उत्कृष्ट टिकटकर नन्दराज भट्टलाई पुरस्कृत गरेको छ । माघ महिनामा उत्कृष्ट टिकटक निर्माण गरेको भन्दै नन्दराज भट्टलाई उपमहानगरपालिकाले सम्मानसहित पुरुस्कृत गरेको हो ।



उनलाई धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले १५ हजार रुपयाँको चेक प्रदान गर्दै पुरस्कृत गरेका हुन् । उपमहानगरपालिकाले घोषणा गरेको प्लाष्टिक मुक्त अभियानलाई सफल बनाउन भट्टले माघ महिनाका लागि सबैभन्दा उत्कृष्ट टिकटक बनाएका थिए ।


नृत्य, गीत, कसैले बोलेको नक्कल गर्ने, प्रभावशाली व्यक्ति मार्फत आफूलाई ‘ब्रान्डिङ’ गर्ने र आफ्ना विचार राख्नेमा प्रचलित रहेको टिकटक सरकारी निकायहरुले प्रतियोगिता आयोजना गर्न लागेपछि युवाहरु सचेतनामुलक भिडियो बनाउनतर्फ अग्रसर देखिएका छन् ।





