जीर्ण बन्दै विद्यालय भवन

बाजुरा- पछिल्लो समय बाजुराका अधिकांश स्थानीय तहका विद्यालय भवन जीर्ण बन्दै गएका छन्। केही महिना पहिला बाजुरामा गएको भूकम्पले चर्किएका ती विद्यालय भवन समयमै मर्मत नभएपछि जीर्ण बन्दै गएका हुन्।

भवन जीर्ण बन्दै गएपछि अहिले बालबालिकालाई कक्षाकोठाभित्र राखेर पठनपाठन गराउन समस्या भएको शिक्षकले बताएका छन्। त्रिवेणी नगरपालिका वडा नम्बर २ छताराको त्रिभुवनेश्वरी माविका प्रधानाध्यापक प्रेमलाल जैसीले २०७२ सालको भूकम्पले चर्किएको विद्यालय मर्मत गर्न नसकेपछि जीर्ण बन्दै गएको बताए ।

Navadurga sun

उनले गत माघ १० गते बाजुरामा आएको भूकम्पले विद्यालयको सो भवन फेरि चिराचिरा परेको बताए । भवनमा बालबालिकालाई कक्षाकोठामा राखेर पठनपाठन गराउन डरमर्दो हुने उनले बताए । प्रत्येक नयाँ वर्षको भर्नामा विद्यार्थी सङ्ख्या बढ्दै जान्छ तर विद्यालय भवन भने दिनानुदिन जीर्ण बन्दै गएकाले अहिले बालबालिकालाई चउरमा पढाउनुपरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...