डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

Purbadhar dadeldhura

डोटी – डोटीमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् । दिपायलबाट सिलगढी आउँदै गरेको सु।प्र।प।०१००१ ज १२५९ नम्बरको फोर्स जीप र विपरीत दिशाबाट आईरहेको सुप्रप ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अगाडि एक आपसमा ठोक्किदा भएको दुर्घटनामा ६ जना घाइते भएका हुन ।

Malpot office dadeldhura

दुर्घटनामा परि घाईते हुनेमा दिपायल सिलगढी नगरपालिका–७ की २९ वर्षीया टंककुमारी उपाध्याय, सोही वडाकी ६५ वर्षीया धौली देबी विष्ट, २४ वर्षीया दुर्गादेबी विष्ट उनकी १ वर्षको छोरा सिर्जन विष्ट, दिपायल सिलगढी नगरपलिका–६ का मोटरसाईकल चालक ३२ वर्षीय विष्णु बोहरा र बडीकेदार गाउँपालिका–१ बिपीनगरका ४९ वर्षीय कर्ण बम घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देबेन्द्रराज जोशीले जानकारी दिएका छन ।

घाइतेहरुमा २४ वर्षीया दुर्गादेवी विष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका घाइतेहरुको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको र गाडी चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...