


कञ्चनपुर- कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० तिल्केनीमा से ६ प २६६४ नम्बरको स्कुटर दुर्घटना हुँदा वडा नम्बर ४ भगतपुरका आयुष केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



स्कुटर अनियन्त्रित भइ शनिबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कुटरमा सवार पदम केसीका १४ वर्षीय छोरा आयुष महेन्द्रनगर नमुना माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।


दुर्घटनामा गम्भीर घाइते आयुष भारतको भोजिपुरास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।





