बाजुरामा १७ बर्षिय सुत्केरीको मृत्यु

Purbadhar dadeldhura

बाजुरा– बाजुराको बुढिगंगा नगरपालिका–२ बजेडी बस्ने १७ बर्षिय सुत्केरी लक्ष्मी लुवारको मृत्यु भएको छ । दुईवटा शिशु जन्माएकी लक्ष्मीलाई अछामको बयलपाटा अस्पतालमा लिँदै गर्दा बाटोमा मृत्यु भएको बयलपाटा अस्पताल अछामले जनाएको हो ।

Malpot office dadeldhura

एक छोरी घरमै जन्माएकी लक्ष्मिलाई अफ्ठयारो भएपछि आफन्तले बिहिवार दिउँसो आफन्तले बह्रमतोला स्वास्थ्य चौकी पुयाएका थिए । त्यहाँ एउटा छोरीको जन्म दिइन्, उनलाई अत्यधिक रक्तस्राव भएपछि स्वास्थ्य केन्द्रले बयलपाटा रिफर गरेको थिए ।

अत्यधिक रक्तस्रावका कारणले लक्ष्मीको बाटोमै मृत्यु भएको हो । एउटा छोरीको मृत्यु भइसकेको छ भने एउटा जीवितै रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मीका अनुसार समयमै स्वास्थ्य चौकी नपुग्नु र आमा जोखिममा रहेको जानकारी नहुँदाको परिणाम रहेको बताएका छन् । समयमै दुई वटा बच्चा रहेको जानकारी भएको भए सुविधा सम्पन्न ठाउँमा पुगेको भए लक्ष्मीले अकालमै ज्यान गुमाउनु नपर्ने स्वास्थ्यकर्मीले बताए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...