कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौं- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार जारी छ। गत फागुन ३ गते बेलुकी बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए।

Dadeldhura hospital

थप उपचारका लागि उनलाई फागुन ४ गते मुम्बई लगिएको थियो। सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको दाजु मीनप्रसाद भण्डारीले बताए। उनकाअनुसार बिहीबार पनि सांसद भण्डारीको फिजियोथेरापी गरिएको थियो।

Navadurga sun
Godawari sandesh

‘कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको डाक्टरहरूले जानकारी गराउनुभएको छ’, उनले भने। सांसद भण्डारीकी आमा हरिकलाको भने आगलागीमा परेर निधन भएको थियो। कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा फागुन ४ गते हरिकलाको निधन भएको थियो।

सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको थियो। जलन भएका घाउहरू क्रमिक रूपमा निको हुने क्रममा रहेको चिकित्सकहरूले बताएका छन्।

 

Loading...