चुरेमा पालिका स्तरिय तेस्रो अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

अत्तरिया- कैलालीको चुरेमा तेस्रो पालिका स्तरिय अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । चुरे गाउँपालिकाको आयोजनामा चुरे गाउँपालिका-१ घरखेडा कैलालीमा प्रतियोगीता सुरु भएको हो ।

उक्त प्रतियोगीताको कार्यक्रम संयोजक मदन राज जोशीको सभापतिमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी रहेका थिए । त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष धना थापा रहेकी थिइन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रमुख अतिथि चुरे गाउँपालिका अध्यक्ष बोगटीले व्यानर पढेर तथा रेफ्रिलाई खेलकुद सामाग्री प्रदान गरेर प्रतियोगीताको उद्घाटन गरेका थिए । आगामी २७ गतेसम्म संचालन हुने प्रतियोगीतामा चुरे गाउँपालिकाका १ देखि ६ नं. सम्मका वडा भित्रका पुरुष १३ महिला ७ टिम गरी २० टिमको सहभागिता रहेको चुरे गाउँपालिकाका प्रेस सल्लाहकार नरेश नाथ योगीले जानकारी दिए ।

प्रतियोगीता पुरुष तर्फ विजेताले ७५ हजार, उप विजेताले ५० हजार तथा तेस्रो हुनेले ३५ हजार पाउने छन् । भने महिला तर्फ विजेताले ४० हजार, उप विजेताले ३० हजार तथा तेस्रो हुनेले २० हजार पाउने छन् ।

उक्त कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत विविराज सोतीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमको संचालन सुरज परियारले गरेका थिए ।

Loading...