पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडानरअवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एअरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गएको ११ गतेदेखि आईएफआर प्रणाली लागू भएको हो । अहिले विमानस्थलबाट बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ बजेसम्म उडान गर्न सकिने छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आज बेलुका पोखराका लागि काठमाण्डौ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्ध एअरका चारवटा जहाजले रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । उनका अनुसार अहिलेसम्म बुद्धबाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन् । गएको १८ गते सौर्य एअरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि यो उडान नियमित तालिकाअनुसार थिएन ।

पोखराको पुरानो विमानस्थलमा आईएफआर प्रणाली नहुँदा यसअघि रात्रिकालीन उडान हुनसकेको थिएन । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै रात्रिकालीन उडानको ढोका खुलेको हो । पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै यात्रुलाई सहज हुने र यसबाट पर्यटन क्षेत्रलाई लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् ।

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन गएको पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गरिएको थियो । त्यही दिनदेखि आन्तरिक उडान भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान अझै सुरु हुनसकेको छैन । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी देशहरुसँग कुटनीतिक पहल भइरहेको जनाएको छ ।

 

Loading...